March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेपाल प्रहरीका दुई हजार एक सय प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ, नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङक्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको