December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

प्रसुती सेवा लिनेको कमि आएन, दैनिक ६० देखि ७० जना सुत्केरी सेवा लिन अस्पताल

काठमाडौँ, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी आएको जनाइएको छ । दैनिक ६० देखि ७० जना सुत्केरी हुने गरेका अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताएका छन ।

तीमध्ये शल्यक्रियामार्फत सन्तानलाई जन्म दिनेको सङ्ख्या दैनिक २० देखि ३० जना रहेका छन् । उपत्यकाभित्र र उपत्यका बाहिरबाट पनि प्रसूति सेवाका लागि महिला अस्पतालमा आइरहेका छन् । कतिपय निजी अस्पतालले यस समयमा सजिलै भर्ना गर्न नमान्ने र कतिपय अस्पताल सिल भए पनि सो अस्पतालले अहिलेसम्म सेवा नियमित गरिरहेको छ ।

उनले भने, “सरकारी अस्पताल भएकाले जस्तोसुकै अवस्थामा सेवा पाइन्छ भन्ने नागरिकको विश्वास रहेको छ ।” अस्पतालमा सामान्य अवस्थाभन्दा नियमित गर्भवती जाँचका लागि आउनेको सङ्ख्या भने घटेको छ । अस्पतालमा एक महिनामा झण्डै छ हजार नियमित जाँचका लागि आउने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको