December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन शिक्षामन्त्रीको अपिल

फाइल फोटो

महोत्तरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन ।

बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताएका छन । उनले भने, “सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा भरपर्दो उपाय हो ।”


चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रुपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा सिक्ने, सिकाउने विधि अवलम्बन गर्न अपिल गरिसकेको मन्त्री पोखरेलले उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको