November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

सुनसरीमा चट्याङले लागेर १ को मृत्यु

  • 10
    Shares

सुनसरी, सुनसरीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने सुनसरी देवानगंज-२ मा बस्ने ३० बर्षीय सन्त कुमार मेहेता हुन ।

हिजो अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको