November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

कोरोना महामारीका कारण डेरि तथा उद्योग क्षेत्रमा २० अर्बको नोक्सान

  • 8
    Shares

काठमाडौं, कोरोना महामारीका कारण डेरि तथा उद्योग क्षेत्रमा २० अर्बको नोक्सान भएको छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनले दुग्ध क्षेत्रमा ६० प्रतिशत बजार गुमेकोले उद्योगि व्यवसायीले २० अर्बको नोक्सानी बेहोर्नुपरेको छ ।

सो कुरा दुग्ध व्यवसायीले एसोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले आयोजना गरेको भर्चुअल कार्यक्रममा बताएका हुन । कोभिड-१९ महामारीको कारण डेरि क्षेत्रसँगै किसानलाई पनि निकै समस्या भएको र दुग्ध क्षेत्रको उद्योगि र किसानको समस्या समाधानतर्फ जानुपर्ने बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले बताए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । उनले भने, ‘देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ । यसले गर्दा किसानलाई ठूलो समस्या भएको छ, । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो छ भने अर्काेतिर किसानको दूध बिक्री भइरहेको छैन । बिक्री भएको दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै मर्कामा परेका छन् । तर, सरकारले भने कुनै ध्यान नदिएको छैन ।

उनले भने, ‘डेरी उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् तर उद्योगीले किसानको दूध खरिद नगरेको गुनासो किसानको छ । अहिले किसानको दूध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ । तर उद्योगीहरूले त्यस्तो नगरेर किसानको दूध उठाउन छोडेको अध्यक्ष देवकोटाले बताए ।


शीर्ष समाचार

धेरै पढिएको