December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

ठेक्का लिएका कम्पनिले समयमा मल आपूर्ति नगर्दा मल अभाव

  • 3
    Shares

काठमाडौं, सरकारलाई रासायनिक मल आपूर्ति गर्ने ठेक्का लिएका दुई कम्पनिले तोकिएको समयमा मल आपूर्ति नगर्दा मल अभाव भएको छ ।

कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले हालसम्म मल आपूर्ति गर्न सकेका छैनन् ।


पुस–माघमा ठेक्का हात पारेका ती दुई कम्पनीले भदौ २० गतेसम्म सम्पूर्ण मल आपूर्ति गरिसक्नुपर्ने थियो तर हालसम्म आपूर्ति गर्न नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । ती दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका थिए । यो सिजनमा कम्तीमा ५० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ र त्यति नै मात्रामा ती कम्पनीले समयमा आपूर्ति नगर्दा किसानले समस्या भोग्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताएका छन । कृषि सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भदौ २० गतेसम्म मल आपूर्ति गर्ने सम्झौता थियो तर हालसम्म आपूर्ति हुने अवस्था छैन भन्दै अब आफूहरू कानुनी उपचारमा जाने बताए । ती कम्पनीका बारेमा कानुनी परामर्श लिने काम भइरहेको र कानुन अनुसार कारबाही गर्ने उनले बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको