November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

काठमाडौंमा मात्रै थपिए ४०८ जना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा शनिबार थप ४०८ जनामा कोरोनाभाइरस संक्रमित भएको छ । काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

आज देशभर १ हजार ४१ जना काेराेना संक्रमित थपिएका छन् । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको