December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

थप १ हजार ४१ जनामा कोरोना पुष्टि, १ हजार ५६६ जना डिस्चार्ज

काठमाडौं, शनिबार थप १ हजार ४१ जनामा कोरोना पुष्टि भएको छ । योसगँगै कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।


पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना कोरोनामुक्त भई डिस्चार्ज भएर घर फर्किसकेका छन भने हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८७० रहेको छ ।

आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या २८० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको