April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

अल्का अस्पतालमा कार्यरत कर्मचारीको शव फेला, हत्याको आशंका

काठमाडौँ, ललितपुरको लेलेस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

उनको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ । तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन ।

गए राति शव फेला परेको र शव परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको