
झापा, लेनदेन कै विवादमा आफ्नै साथिको हत्या गरेको आरोपमा झापाको शिवसताक्षीमा एक युवा पक्राउ परेका छन ।
पक्राउ पर्ने आरोपी शिवसताक्षी नगरपालिका ८ का ३२ वर्षिया मनकुमार लिम्बू हुन । उनले बहराइनबाट फर्केका शिवसताक्षी नगरपालिका ११ का आफ्नै साथी २९ वर्षिया गोमनसिंह मगरलाई जङ्गलमा लागि हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताएका छन ।







