December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बागलुङको ढोरपाटन बाढीमा मृत्यु हुनेको संख्या १५ पुग्यो, २३ अझै बेपत्ता

बागलुङ, जिल्लाको ढोरपाटन भुजीखोलामा पहिरोसँगै आएको बाढीमा ज्यान गुमाउने संख्या १५ पुगेको छ । २३ जना अझै बेपत्ता छन् । 

नेपाली सेना र नेपाल प्रहरीको टोलीले तीन दिनदेखि निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा शनिबार बिहान थप एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए। 

यसअघि १४ जनाको शव फेला परेको थियो।  जसमध्ये १३ जनाको सनाखत समेत भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको