
काठमाडौं, विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोनाभाइरसबाट बच्न सबैले अपनाउनुपर्ने उपाय तथा सावधानीका बारेमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक दिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।


जनचेतनामूलक कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले नेपाल स्काउटका स्वंयसेवीहरू र सुरक्षा निकायको सहयोगमा काठमाण्डौँ र ललितपुरका विभिन्न स्थान र चोकचोकमा गई स्थानीयहरुलाई सचेत गराएका छन्। त्यस क्रममा अनावश्यक काम नपरे ननिस्कन, निस्कनै परेमा स्वास्थ्य सुरक्षामा सबै मापदण्ड अपनाएर कम्तीमा दुई मिटरको दूरी अपनाउन सुझाव दिइएको छ।







