
काठमाडौँ, टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिएका छन ।
कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताएका छन । टोखामा शुक्रबारसम्म २५७ कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।







