December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

रेडक्रस दिवसमा बलिया उपशाखा लम्कीद्वारा सहारा घरमा भोजन तथा कपडा वितरण

  • 81
    Shares

काठमाडौं, नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवसका अवसरमा सहारा घर बौनियामा रहेका बेसाहराहरुलाई भोजन तथा गैर खाद्य सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले नेपाल रेडक्रसको ५८औं स्थापना दिवसका अवसरमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असहायहरुका लागि सहयोगी हातहरु नेपालद्वारा सञ्चालित सहारा घरमा रहेका बेसहाराहरुलाई एकछाक भोजन सहयोग गर्नुका साथै सहारा घरका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।

उपशाखाले उक्त अवसरमा सहारा घरमा बस्दै आउनुभएका करिब ७५ जना बेसाहाराहरुलाई बेलुकाको भोजन सेवा सहयोग गर्नुका साथै सहारा घरका लागि १ थान त्रिपाल, ७ थान कम्बल, २ थान बाल्टीन, ३ थान टबेल, एक सय थान सर्जिकल मास्क र केही पप्लिन कपडा समेत सहारा घरका संचालक बलबहादुर बिष्टलाई हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भेख्खुराम चौधरी रहनु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, उपमन्त्री राकेश हमाल, दोदोधरा उपशाखा सभापति लक्ष्मीराज जोशी, बलिया उपशाखा, सहारा घरका संचालक बलबहादुर बिष्ट, बलिया उपशाखा सदस्य विष्णुप्रसाद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कोषाध्यक्ष प्रेमराज मुडभरी, सदस्य नवराज बजगाई, पर्सबहादुर चलाउने, एम्बुलेन्स चालक संघका केन्द्रिय सदस्य इन्द्रबहादुर शाही, पत्रकार चन्द्र खनाल, विद्यार्थी कृतिका तिमिल्सेना लगायतकाको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उपसभापति खेमा थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव बिनोद आचार्यले गर्नुभएको थियो ।

दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाले बिपन्न गरिब परिवारलाई खाद्यान्न सामग्री वितरण गरेर मनाएको छ । उपशाखाले लम्कीचुहा नगरपालिका वडा नम्बर ७ र ९ का ५ बिपन्न परिवारलाई प्रती परिवार लाई २० केजि चामल, १ केजि दाल, १केजि नुन, १पोका खाने तेल, २ चक्की साबुन वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाका सभापति खडक चौधरीले जानकारी दिनुभएको छ ।

खाद्यान्न सामग्री वितरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष हरिराम चौधरी , वडा नम्बर ९ वडा अध्यक्ष रामप्रसाद चौधरी लगायत उपशाखा कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको