December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

यूएईमा दैनिक ५ वटा हवाई उडान गर्न सरकारलाई ४४ संघसंस्थाको माग,

  • 5
    Shares

यूएई – यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कृयाशील ४४ सामाजिक संस्थाहरुले दैनिक ५ वटा हवाई उडान हुनु पर्ने माग राखेका छन् ।

यूएईमा रहेका ४४ सँघसंस्थाको तर्फबाट नेपाली समाज, यूएईले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै ५ वटा हवाई उडान हुनुपर्ने मागराखेको हो । यूएई समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा हस्ताक्षर गरी बुझाएको पत्रमा सामान्य अवस्थामा दैनिक ४ सय उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु स्वदेश फर्कने नेपालीको लागि कठिनाई हुनु हाे ।

४ लाख भन्दा बढी नेपालीहरु रहेको यूएईमा ५० हजार भन्दा बढीले नेपाल फर्कन चाहेक छन् । १५ हजार भन्दा बढी नेपालफर्किएको र हाल ३५ हजार नेपाली नेपाल जान नपाएर अलपत्र परेको जनाईएको बुझिएको छ ।

यूएईमा आम माफीको समय पनि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने जानकारहरु बताउँछन् । यूएईमा रहेकाे ४४ वटा संघसंस्थाले संयुक्त रुपमा हस्ताक्षर गरि सरकारलाई दैनिक ५ वटा उडानकाे व्यवस्था गरिदिन आग्रह गरेका छन् ।


शीर्ष समाचार

धेरै पढिएको