सविना कार्की
सउल दक्षिण काेरिया – कर्णाली प्रदेश समाज दक्षिणकोरियाको आयोजनामा २६ सेप्टेम्बर २०२६ मा “रारा सांगीतिक सौगात भाग-२” लोक तथा डेउडा साँझ कार्यक्रम सउलमा भव्य रुपमा गरिने भएको छ।
कर्णाली प्रदेशको सान प्रदेशी भुमिमा एकतानै हाम्रो पहिचान भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागेकाे छ।

कोरियाली महान चाड छुसकको अवसरमा कर्णाली प्रदेश समाज द. कोरियाले कर्णालीका विकट ठाउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन , विपन्न विध्यार्थी हरुलाई शैक्षिक सामग्री सहयोग तथा संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ “रारा सांगीतिक सौगात भाग -२” लोक तथा डेउडा साँझ आयोजन गर्न गहिरहेको हाे ।
उक्त कार्यक्रमलाई भव्य रूपमा सफल पार्न दक्षिण कोरिया स्थित समस्त नेपालीहरुलाई आयाेजकले उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरेकाे छ।
कार्यक्रमका आकर्षकहरु
चर्चित कलाकारको साथमा कोरियामा रहेका स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति:-
कलाकारहरुमा
१- ईब्सल सन्ज्याल (चर्चित गायिका)
२- गौरी भट्ट (लोक तथा डेउडा गायिका)
३- कमल बिरही थापा (लोक तथा देउडा गायक)
४- युबराज शर्मा (गायक)
५- गिता चनारा (गायिका)
६- पृथ्वी मगर (लोक गायक)
७- शारदा पुन (डान्सर) रहुका छन् ।
तपसिल:
मिति:- २६ सेप्टेम्वर २०२६
समय:- बेलुका ६ बजे देखि बिहान ६ बजे सम्म
स्थान:- 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지
Train Line 2/6 신당역 गेट नं. १२ बाट २०० मिटर अगाडि रहेकाे छ ।






