नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया को अधिवेशन आगामी जुलाई १२ तारिख आइतबारका दिन दक्षिणी काेरियाकाे राजधानी सउलमा हुने तय भएको समितिका सभापति भजीनद्र क्षेत्रीले बताउनु भएको छ।

अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल र विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक निस्कल रहनुहुने भएको छ।
उक्त अतिथिहरुले अधिवेशनलाई सम्बोधन गर्दै दक्षिण कोरियामा रहेका नेपाली समुदायसँग भेटघाट, अन्तरक्रिया तथा समसामयिक विषयमा विचार आदान-प्रदान गर्ने कार्यक्रम रहेको पनि सभापति क्षेत्रीले बताउनुभएको छ।
समितिका सभापति भजिन्द्र क्षेत्रीका अनुसार अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ र देशका विभिन्न क्षेत्रबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
अधिवेशनमा प्रवासी नेपालीबीच नेपाली कांग्रेसको संगठन विस्तार, समसामयिक राजनीतिक मुद्दा तथा प्रवासी नेपालीका साझा सरोकारका विषयमा गहन छलफल हुने बताइएको छ। साथै, दक्षिण कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीहरूको हकहित, चुनौती र अवसरबारे पनि विशेष बहस हुनेछ।
यस अधिवेशनले दक्षिण कोरियामा नेपाली कांग्रेसप्रति आबद्ध शुभेच्छुकहरूबीच एकता, सहकार्य र संगठनात्मक मजबुती थप सुदृढ बनाउने विश्वास लिइएको छ।







