November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

ललितपुरमा भोलि बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू

  • 14
    Shares

ललितपुर, जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ ।

बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए ।

उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो ।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले सो निर्णय गरेको बस्नेतले गर्ने बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको