
काठमाडौँ – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा आज काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अन्तरालमा उक्त संख्या थपिएकाे हाे । देशभर बिहिबार संक्रमित हुनेकाे संख्या १२ सय २८ जना सहेका छन् । भने ६ जनाकाे मृत्यु भएको छ ।







