November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

जबरजस्ती रथयात्रा गर्नेलाई कारबाही गर्छौंः प्रमुख जिल्ला अधिकारी

काठमाडौं– ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहीबार जबरजस्ती रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई प्रशासनले कारबाही गर्ने बताएका छन ।

सरोकारावला संस्थाहरुलाई बेवास्ता गर्दै जबरजस्ती निकालिएको रातो मच्छिन्द्रनाथको रथयात्रा गर्नेलाई कारबाही गर्ने भट्टले जानकारी दिएका छन । प्रशासनले धार्मिक कार्यक्रम रोक्न पटक पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । सरोकारावाला व्यक्तिहरुसँग छलफल गरेर रोक्ने सहमति भइसकेको थियो र बाहिरबाट आएका युवाहरुले जबरजस्ती रथयात्रा गर्ने काम भएको छ । प्रशासनले उनीहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्छ ।

स्वतस्फुर्तरुपमा रथयात्रा सुरु गरेपछि भएको झडपमा प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको