December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

भिड नियन्त्रणमा लिन प्रहरीले छोडे पानीको फोहोरा, पुलचोकमा ढुङ्गा हानाहान

निषेधाज्ञाको नियम तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन् ।

आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् । केही प्रहरी घाइते भएका छन् । निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।

अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन् । सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन्।

लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए । आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ ।

प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेका थिएनन्। बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको