December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग

  • 4
    Shares

काठमाडौं, नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ ।

विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि सङ्क्रमणको दर बढ्दो रूपमा देखिएको छ भने देशको आधाभन्दा बढी भूभागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।

शीर्ष समाचार

धेरै पढिएको