December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

डा. केसीबाट सत्याग्रह स्थगन, सरकारले माग पूरा नगरे सत्याग्रह सुरु गर्ने चेतावनी

जुम्ला, स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज बिहीबारदेखि घोषणा गरिएको सत्याग्रह स्थगित गरिएको जनाएका छन् । सरकारले आफ्ना माग पूरा नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्नुपर्ने माग राखी आज भदौ १८ देखि सत्याग्रह गर्ने घोषणा उनले गरेका थिए । त्यसका लागि उनी जुम्ला पुगेका थिए । तर प्रधानमन्त्री केपी ओलीको केन्द्र सरकारदेखि कर्णाली प्रदेश सरकारसमेत आफ्ना जायज मागसहितको आन्दोलनलाई दमन गर्न लागि परेको भन्दै उनले आमनागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको जनाएका छन्।

डा. केसीले विज्ञप्तिमा कोरोना जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि माग गरेका छन्।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा तर्फबाट हामीले सुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रमहरु सुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकारसमेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागिपरेका छन्

शीर्ष समाचार

धेरै पढिएको