एमाले महाधिवेशन- ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानको मतपरिणाम ३ घण्टामा सार्वजनिक गर्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले मतदान सकिएपछिका प्राविधिक काम सकेर मतगणना शुरु भएको ३ घण्टामा परिणाम सार्वजनिक गरिने बताए ।
उनले भने, ‘मतगणना बिहान ८ बजेदेखि शुरु गर्ने तयारी गरिएको छ, मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ, मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।’
महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधि मतदाता थिए । तीमध्ये दुई हजार २ सय २७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान शुरू भएको थियो । एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।


प्रतिकृया दिनुहोस्