April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

बागलुङको बाढीमा १० शव फेला, ४१ बेपत्ता,

गलकोट, बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको