वितरणका लागि तयार भएका लाइसेन्सको विवरण अब फेसबुकबाटै
छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने यातायात व्यवस्था विभागले जानकारी गराएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा आएका लाइसेन्सको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा प्रकाशन गरिने जानकारी गराएको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमा प्रकाशन गरिने छ ।’


प्रतिकृया दिनुहोस्