मतदाता नामावली अभिलेखमा कसैको पहुँच नभएको र दुरुपयोग हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।आयोगले वेबसाइट र सूचना प्रणाली सुरक्षित रहेको र गोप्य सूचनाको सुरक्षामा कुनै समस्या नरहेको र नरहने दाबी गरेको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको, नागरिकका कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध जनाएको छ ।
सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइल आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामग्री भएको जनाएको छ ।






