मधेस प्रदेशमा सरकार गठनका लागि दलहरुको आग्रह

नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जसपा नेपाल, जनमत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको हो ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले कांग्रेसहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताए ।

प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।