November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

वैकल्पिक विधिलाई मान्यता दिएर अघि बढ्ने सरकारको योजना: शिक्षामन्त्री

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षण विधिलाई नै अब मान्यता दिएर अघि बढ्ने सरकारको योजना रहेको बताएका छन । यसका लागि सहजीकरण निर्देशिकाको तयारी गरिएको उनले जानकारी दिएका छन ।


अनेरास्ववियुले बुधबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले सहज परिस्थिति नआएसम्म भर्चुअल विधिबाटै विद्यार्थीको पठनपाठन अघि बढाउनुपर्ने अवस्था आएको स्पष्ट पारेका छन । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गरिने र निजी विद्यालयको विद्यार्थीको शुल्कको मापदण्ड बनाउने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको