December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

निगमले तोकेको भाडा दर अनुसार उडान गराउन उड्ययन प्राधिकरणलाई निर्देशन

काठमाडौं, नियमिततर्फको अन्तर्राष्ट्रिय उडानको भाडादर अत्यधिक महँगो भएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमले तोकेको भाडा दरलाई आधार बनाएको छ । बुधबार मन्त्रालयमा बसेको बैठकले उडान महँगो भएको गन्तव्यमा निगमले तोकेको भाडा दर अनुसार उडान गराउने गरी विदेशी एयरलाइन्स अनुमति प्रदान गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको हो ।


बैठकमा मन्त्री योगेश भट्टराईले ट्राभल एजेन्सीहरुले टिकटमा अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएकोले एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने भएकोले यसको सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र एनआरएनसँग उनलेआग्रह पनि गरेका छन ।

हवाई भाडादरमा भएको कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्न पनि बैठकले वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडा दरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडा दरभन्दा बढी नहुने निश्चित गरेर मात्र उडान सञ्चालन अनुमति दिने निर्णय पनि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको