December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

बिम्स्टेकको कार्यप्रगति सन्तोषजनक: वरिष्ठ अधिकारीहरू

काठमाडौं, बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास अर्थात् बिम्स्टेकको २१औँ सत्रको वरिष्ठ अधिकारीहरूको बैठकले विगतका कार्य सन्तोषजनक रहेको विश्लेषण गरेका छन । बुधबार भर्चुअल रूपमा बसेको वरिष्ठ अधिकारीको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागीको नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो । यो मन्त्रीस्तरीय बैठकको तयारी स्वरूप भएको हो ।


बैठकमा बिम्स्टेकले गरेका प्रगतिको समीक्षा तथा र आगामी योजनाका बारेमा परराष्ट्र सचिव शङ्करदास बैरागीले नेपालको तर्फबाट धारणा राख्नुभयो । उनले सन् २०१८ मा सम्पन्न चौथो शिखर सम्मेलनपछि व्यापार कनेक्टिभिटी लगायतका पहिचान भएका सहयोगका क्षेत्रमा अगाडि बढ्न दृढ कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । बैठकमा बोल्दै बिम्स्टेक एक बलियो क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीचको विस्तारलाई थप फराकिलो पार्न र गहन ठोस प्रयास जरुरी रहेको पनि उनले उल्लेख गरेका हुन ।


यसले बिम्स्टेक अन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूको जानकारी लिँदै नयाँ महासचिवको नियुक्ति गर्न समर्थन जुटाएको छ । त्यस्तै बैठकले बिम्स्टेकको बडापत्रको मस्यौदालाई अन्तिम रूप दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको