
तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।डिभिजन सडक कार्यालय चितवनका प्रमुखका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।
उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु गरिएको छ।दुवैतर्फबाट एकएक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्।







