
नेपाल प्रहरीले एकैपटक ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा/काज भएको मानवश्रोत विकास विभागले जनाएको छ ।दुई दिनसम्म चलेको जेनजी आन्दोलनले नेपालमा ठूलो क्षति भएको थियो । आन्दोलनकारीले प्रहरीका कार्यालयहरूमा पनि आगजनी गरेका थिए ।

file photo







