
सोमबार काठमाडौंमा भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएकाहरूको विवरण सार्वजनिक भएको छ ।
सेन्टरले मृतकको विवरण सार्वजनिक गर्दै उनीहरूको पहिचान समेत खुलाएको छ । अस्पतालका अनुसार ट्रमामा ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अझै ६६ जनाले उपचार गराइरहेका छन् ।
मृत्यु हुनेमा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् । यसैगरी, ठेगाना नखुलेका २८/२९ वर्षीय गौरव जोशी, २५/२५ वर्षीय सौरभ कटुवाल, काठमाडौं वनस्थलीका २६ वर्षीय ईश्वतबहादुर अधिकारीको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ ।यस्तै, नाम ठेगाना नखुलेका २७/२८ वर्षीय एक युवा र २६/२७ वर्षका अर्का एक युवाको पनि उपचारका क्रममा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ ।





