एनआरएनए कोरियाको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न,अध्यक्षमा पार्बती मोक्तान निर्वाचित

दक्षिण काेरिया गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशन जुलाई २७ तारिख आइतबारका दिन सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रमकाे प्रमुख अतिथि,बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रि कुन्दन राज काफ्ले हुनुहुन्थ्यो ।
महाधिवेशनबाट नयाँ नेतृत्वका लागि पार्बती माेक्तान अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अन्य सबै पदहरूमा भने उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनु भएको हाे ।
उक्त कार्यक्रममा अघिल्लो कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू, निर्वाचन मण्डलका प्रमुख तथा सदस्यहरू, पर्यवेक्षक एवं सुपरिवेक्षकहरू, प्रमुख अतिथि मन्त्री कुन्दनराज काफ्ले र क्षेत्रीय समितिका अध्यक्ष तथा सदस्यहरू, एनआरएनएका अग्रज एवं समकालीन अभियन्ताहरू, दक्षिण कोरियामा क्रियाशील सम्पूर्ण संघ-संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतकाे बाक्लो उपस्थित रहेको थियोे ।
नवनिर्वाचित दशौं कार्यसमितिका पदाधिकारीहरुकाे नामावली
अध्यक्ष: पार्वती मोक्तान
वरिष्ठ उपाध्यक्ष: तारा पुन मगर
उपाध्यक्ष: मंगल प्रसाद योङ्हाङ
उपाध्यक्ष: निरञ्जन भण्डारी
महासचिव: कमल भण्डारी
सचिव: सोनाम शेर्पा
सचिव: दुर्गा प्रसाद ढकाल
कोषाध्यक्ष: अर्जुन श्रेष्ठ
युवा संयोजक: टेक बहादुर बोहोरा
महिला संयोजक: मिता गुरुङ र सदस्यहरुमा मनसुन खड्का र आइशा सिटौला रहनुभएकाे छ ।



लेखकको सम्वन्धमा