बुटवलमा आमाछोरी सहित तीन जनाको हत्या,पूर्वपति पक्राउ

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बिभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनको हत्या भएको जानकारी दिनुभयो । आमा ३३ वर्षकी दिपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले घटना आज बिहान ४ बजेतिर भएको बताउनुभयो । उहाँले विस्तृत अनुसन्धान भइरहेकोले केही बेरपछि थप विवरण आउने जानकारी दिनुभयो ।
हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।
प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो ।
कोइराला केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर जेलबाट छुटेको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस्