December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

बुधवार ६६ व्यक्तिले गरे रक्तदान, ६६ पिण्ट रगत सङ्कलन

  • 16
    Shares

काठमाडौं, देशभरि रगतको आपूर्तिमा कमी भइरहेका अवस्थामा आज ६६ व्यक्तिले रक्तदान गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएको थियो ।

कोभिड–१९ का कारण भौतिक दूरी कायम गरेर आवश्यक सजगताका साथ रक्तदानको व्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले देशैभरि रगत अभाव भइरहेका अवस्थामा इच्छुक व्यक्तिबाट रगत सङ्कलन गरिएको जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको