December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ सय ५१ पुग्याे

काठमाडौं , नेपालमा कोरोनाभाइरसका कारण २५१ जनाकाे मृत्यु भएको छ जसमध्ये आज थप १२ जनाको मृत्यु भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार आज थप १२ जनाको मृत्यु भएको बताएका हुन् ।

मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् । नेपालमा काेराेना संक्रमित बढेसँगै मृत्यु हुनेकाे संख्या पनि बढ्दै गएकाे छ । नेपालमा हालसम्म ४१ हजार ६४९ जना पुगेकाे छ भने आजमात्र १ हजार १२० जना थपिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको