
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
बुधबार कोरोनामुक्त भई नेपालमा १ हजार ११२ जना डिस्चार्ज भएका छन । हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या २३ हजार २९० पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल १८ हजार १०८ जना सक्रिय स्ङ्क्रमित रहेको छ भने १० हजार ४९३ जना संस्थागत आइसोलेसन रहेका छन । आज महिला छ जना र पुरुष छ जना गरि १२ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २ सय ५१ पुगेको छ ।







