May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

तीन दिन भित्र काममा फर्कन आन्दोलनरत शिक्षकहरुलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिनुभयो ।

अदालतको आदेश प्राप्त भएपछि तीनदिने अवधि शुरु हुने र भोलि सम्बन्धित पक्षकोमा आदेश पुग्ने पनि सहरजिष्ट्रार कुइँकेलले जानकारी दिनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको