December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सिन्धुपाल्चोकमा थप एक हप्ता निषेधाज्ञा जारी

चौतारा, भदौ १ देखि लागू भएको लकडाउनलाई निरन्तरता दिदैँ सिन्धुपाल्चोक जिल्लामा एक हप्ता निषेधाज्ञा थपिएको छ ।

आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप एकहप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्लामा जारी निषेधाज्ञालाई २४ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने केन्द्रको बैठकले निर्णय गरेको छ ।

कोरोना संक्रमण जिल्लामा पनि व्यापक रहेको र छिमेकी जिल्लामा समेत संक्रमण तीव्र रुपमा बढेकाले निषेधाज्ञा जारी राखिएको हो । लामो समयको लकडाउनले जिल्लाको जनजीवन प्रभावित भएको छ भने यस विषयमा मंगलबार साझँ सरोकारवालासँग जुम मिटिङमार्फत बृहत छलफल भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको