December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो इराक भ्रमणमा

बग्दाद, फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद पुगेका छन
। लेबनानको दुई दिने भ्रमणपछि उनि इराक आएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याँक्रो नै सबैभन्दा वरिष्ट पदाधिकारी छन ।

इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो । फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायतका शिर्ष नेताहरुलाई भेट्ने अपेक्षा गरिएको छ । भेटवार्ताका क्रममा उनिहरुका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक संकट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल हुने बताइएको छ ।

लेबनान भ्रमणकै क्रममा पनि उनले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताएको थियो । अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाब थप बल्झिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको