भीमेश्वर नगरपालिका -४ ले वैदेशिक राेजगार सम्बन्धि तालिम दिने
भीमेश्वर नगरपालिका वडा नं. ४ ले आफ्ना वडाबाट बैदेशिक राेजगारमा जान लागेका श्रमिकहरुका लागि यहि बैशाख ५ गते शुक्रबारका दिन वडा कार्यलयकाे भवनमा सुरक्षित वैदेशिक राेजगार सम्बन्धि अभिमुखिकरण तालिम दिने भएको छ ।

उक्त तालिम बैदेशिक राेजगार बाट फर्कि आएका रिटर्निह ले पनि लिन सक्नेछन् भने , वैदेशिक राेजगारमा रहेका परिवारका सदस्यहरुले समेत तालिममा सहभागी जनाउन सकिने सुचना वडाले जारी गरेकाे वडाका अध्यक्ष तारानाथ चाैलागाईले जानकारी गराउनु भएको छ ।

प्रतिकृया दिनुहोस्