May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

एनआरएनए कप भलिबल-कोरियामा अप्रिल ६ तारिख आइतबारका दिन हुने

अप्रिल ६ तारिख आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा एनआरएनए कप भलिबल टुर्नामेन्टकाे खेलकुद भलिबल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम एनआरएनए दक्षिण कोरियाको आयोजनामा हुन लागेकाे हाे । उक्त भलिबल खेलमा उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दैछन् ।

दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले उक्त खेलकाे आयोजना गर्न लागिएको बताइएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २० लाख कोरियन वोन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकर ले पनि नगद ५० हजार वन सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

एनआरएनए कप भलिबल टुर्नामेन्ट लाई सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिम लगायत कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरियाबासि नेपाली जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाउन पनि आयाेजक टिमकाे आग्रह छ ।