April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि, वीर अस्पतालको ओपीडी सेवा २ दिन बन्द

काठमाडौं, नेपालकै पहिलो सुविधा सम्पन्न सरकारी वीर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सहित ७१ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको सेवा नै प्रभावित भएको छ । अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण भएको बताएका छन ।

डा सेन्चुरीले दिएको जानकारी अनुसार बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द हुनेछ । वीरको ल्याब, फार्मेसी लगायतका विभागमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्नका लागि सेवा बन्द गर्ने निर्णयमा पुगेको डा सेन्चुरीले बताएका छन ।

मंगलबार मात्र वीरका १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएको डा सेन्चुरीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको