May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

नेपाली जनप्रगतिशील मञ्चकाे काेरिया सन्देश पुस्तक विमाेचन कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले समृद्ध नेपाल निर्माणकाे निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मुल नाराकासाथ काेरिया सन्देश नामक पुस्तक विमाेचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे छ ।

संगठनले मार्च २३ आइतबारका दिन सिओलमा अबस्थित एक भवनमा “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास दक्षिण काेरियाका राजदुत शिवमाया तुम्बाहम्पे हुनुहुन्थ्यो । कार्यक्रमकाे सभा अध्यक्ष संगठनका अध्यक्ष जीवन खतिवडाले गर्नुभयकाे हाे ।

कार्यक्रम सञ्चालन चरित्र शाहीले गर्नुभएकाे थियो

त्यसैगरी कार्यक्रमकाे विशिष्ट अतिथिहरूमा नेपाली राजदूतावासका नियोग उपप्रमुख श्री जेनिम अधिकारी,नेकपा माओवादी केन्द्र एसिया प्रवास समितिका सहसचिव दीपक पुन, नेपाली जनसम्पर्क समिति काङ्ग्रेसका अध्यक्ष उपसभापति जितेन्द्र महत्ता,प्रवासी नेपाली मञ्च एमालेका अध्यक्ष अन्जन कुलुङ राई, प्रवासी नेपाली एकता मञ्च एकीकृत समाजवादीका अध्यक्ष शिवराज भोमजन,नेपाली समाज प्रवास जसपाका अध्यक्ष पासाङ नर्बु शेर्पा,संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रिकम इम्बुङ कुसाङ,एनआरएनए दक्षिण कोरियाका अध्यक्ष द्वय बुद्धि गुरुङ र विपिनकुमार गुरुङ,नेपाली सम्पर्क समिति एनसीसीका अध्यक्ष हरिप्रसाद खनाल, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिसन राई,नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नरकुमार गुरुङ, लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मदन गौतम, सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष महेश भट्ट,राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष अमृत केसी,फोनिज कोरियाका कार्यवाहक अध्यक्ष उत्तम खजुम,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष खिम छन्त्याल, नेपाल मगर सङ्घका संस्थापक मिना थापा मगर, किरात राई आँखाका अध्यक्ष पूरण याम्फु, शेर्पा सङ्घ दक्षिण कोरियाका अध्यक्ष दोर्जी शेर्पा, नेपाल बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष थुतुङ्गेलजी शेर्पा,| नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका सल्लाह सविना कार्की,महासचिव वासुदेव भट्ट र सचिव कमला केसी, विशाल आवाजका का प्रमुख विशाल श्रेष्ठ एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष सुनिल, डाक्टर केशव थापा, व्यवसायी समाजसेवी तथा बुद्धिजीवी ध्यान राई, व्यवसायी तथा समाजसेवी गिरिराजकुमार, एनआरएनए आइसिसी सचिव जुनु गुरुङ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बीबी स्याङतन तामाङ, हिलामेली समाज दक्षिण कोरियाका अध्यक्ष सुभाष चेम्जोङ,पास्टर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावती ज्यू , गुल्मी सम्पर्क समितिका अध्यक्ष जीवन न्यौपाने,काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाई, दक्षिण कोरियाका अध्यक्ष हरि कडेल, ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष सन्दीप हुक्पा चुङ्बाङ र नेपाली जनप्रतिनिधि दक्षिण कोरियाका सल्लाहकार चन्द्र तामाङ हुनुहुन्थ्यो ।

राजदुत शिबमाया तुम्बाहाम्पेले कार्यक्रमकाे उद्घाटन गर्नुहुदै काेरिया सन्देश नामक पुस्तककाे विमाेचन गर्नुभएको हाे । उक्त पुस्तकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको शुभकामना सन्देश जारी गरिएको छ ।

के छ ? काेरिया सन्देश नामक पुस्तकमा ?
उक्त पुस्तकमा काेरियामा क्रियाशील रहेका विभिन्न संघ संस्था र संघठनका बारेमा जानकारी र मुख्यत पदाधिकारीकाे नाम र तस्बिरहरु समेटिएको छ । त्यसैगरी काेरियामा रहनुहुने सम्पूर्ण नागरिकका लागि स्वास्थ लाभ हाेस भन्ने उदेश्यले नेपाली जनप्रगतिशिल मञ्च काेरियाले पुस्तकमा विभिन्न स्वास्थ अवस्था,खानपिनका बाेरमा डाक्टरकाे लेख प्रकाशित गरेकाे छ । यस्तै विभिन्न जानकारीहरु पुस्तकबाट लिन सकिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको