May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल डिस्चार्ज

पोखरा भ्रमण वर्षको उद्‌घाटज कार्यक्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर उपप्रधानमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो ।

उपचाररत अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.निजीमा ताम्राकारले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यका जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब नगरेको डाइरेक्टर ताम्राकारको भनाइ छ ।डा.ताम्राकारका अनुसार प्रमुख आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार गरिने भएको छ ।