भारतले हाइपरसोनिक मिसाइलको परीक्षण गर्यो
भारतले पहिलो पटक लामो दूरीको हाइपरसोनिक मिसाइलको सफलतापूर्वक उडान परीक्षण गरेको छ। यसलाई भारतका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ। शनिबार यो परीक्षण ओडिशास्थित डा. एपीजे अब्दुल कलाम द्वीपबाट गरिएको रक्षामन्त्री राजनाथ सिंहले बताएका छन्।
‘यो भारतको लागि ऐतिहासिक क्षण हो। यस महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई ती विशेष राष्ट्रहरूको समूहमा सामेल गराएको छ, जोसँग महत्त्वपूर्ण र अत्याधुनिक सैन्य प्रविधिको क्षमता छ’, रक्षामन्त्री सिंहले भने।
रक्षामन्त्रीले रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र सशस्त्र बलहरूलाई यो शानदार उपलब्धिका लागि बधाई दिएका छन्। यो हाइपरसोनिक मिसाइल डा. एपीजे अब्दुल कलाम मिसाइल कम्प्लेक्स, हैदराबादको प्रयोगशालाका साथै डीआरडीओका विभिन्न प्रयोगशालामा संयुक्त रूपमा विकसित गरिएको हो।
यसको सफल परीक्षणले भारतको सैन्य क्षमता र वैज्ञानिक प्रविधिमा आत्मनिर्भरता कायम राख्ने दिशामा महत्वपूर्ण कदम प्रस्तुत गरेको अधिकारीहरूले बताएका छन्।
प्रतिकृया दिनुहोस्