November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

ट्राफिक प्रहरीको नमस्कार अभियान

  • 38
    Shares

तनहुँ, जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिएका छन । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताएका छन । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनले जानकारी दिए ।

यस अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

ट्राफिक प्रहरीले आमनागरिकमाथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो । आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको