देशभर ९९ जनाको मृत्यु, १०० जना घाइते
काठमाडौं, अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । सो विपदमा परि एक सय जना भने घाइते भएका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो ।
यसैगरी, शनिबारसम्म भएको भारी बर्षाका कारण जनजीवन कष्टकर बन्नुका साथै यसको प्रभाव शिक्षा, स्वास्थ्यमा प्रत्यक्ष परेको छ । सुरक्षा निकाय हाल उद्वार कार्यमा सक्रिय रुपमा खटिएका छन् ।
प्रतिकृया दिनुहोस्